प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् ।
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डले एमालेसँग छलफल गरेका हुन् ।
सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।
आज दिउँसो १ बजे बोलाइएको संसद बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ