जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बिहीबार तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन भ्रमण गरेका हुन्। कैलाश पर्वत र मानसरोवरलाई हिन्दु धर्मावलम्बीहरूले ठुलो धाम मान्छन्।
विशेषगरी कैलाश पर्वतलाई भगवान् शिवको बासस्थान ठानेर हिन्दु धर्मावलम्बीहरू जीवनमा एकपटक पुग्न चाहन्छन्। प्रधानमन्त्री दाहाल विदेश भ्रमणमा रहँदा यसरी धार्मिक स्थलको भ्रमण, पूजाअर्चना र दर्शन गर्दा नेपालमा भने चर्को आलोचना हुने गर्छ।
भारत भ्रमणका बेला उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन गर्दा गेरु वस्त्रमा पूजाअर्चना गरेको विषय सर्वाधिक आलोचित बनेको थियो। यसरी आलोचना गर्नेमा अग्रमोर्चामा उनकै द्वन्द्वकालीन सहयोद्धा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई थिए।
भट्टराईले दाहालका धार्मिक गतिविधिका तस्बिर राखेर ‘नयाँ सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ भनेर व्यंग्य गरेका थिए।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ