२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

एमाले बागमतीमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा, आज मतदान

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज १२ गते शुक्रबार

नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिए पछि अब दुईजनाबीच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि उम्मेदवारी दिएका केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट पार्टी कार्यालय च्यासलमा बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रबार