सूचनाको शक्ति - The Power Of Information

        

एमाले बाग्मती प्रदेशको नेतृत्वका लागि आज मतदान

नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बताइएको छ । मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिने एमालेले जनाएको छ । नेतृत्व चयनका लागि ११ सय ७४ जना मतदाता प्रतिनिधि रहेका छन् । 

प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।

सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा। रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।

उपसचिवका लागि खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उम्मेदवारी दिएका छन् ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ०२:५७

लोकप्रिय