सूचनाको शक्ति - The Power Of Information

        

आज कैलाश पर्वत र मानसरोवर जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल आज कैलाश पर्वत र मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल बुधबार तिब्बतको ल्हासा गएका थिए ।

कैलाश पर्वतको भ्रमणका लागि प्रधानमन्त्री बिहान ल्हासाको गंगा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् ।

प्रधानमन्त्री दाहाल बुधबार तिब्बतमा विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त भएका थिए । प्रधानमन्त्री गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् भने असोज १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ०२:१९

लोकप्रिय