सूचनाको शक्ति - The Power Of Information

        

एमाले बागमती अधिवेशन : आजबाट निर्वाचन प्रक्रिया सुरू

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमती नजुटेपछी बुधबारबाट निर्वाचन प्रक्रिया सुरू हुने भएको छ ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता बुधबारबाट सुरू हुने भएको हो । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता बुधबार र निर्वाचन बिहीबार हुने जनाएको छ ।

उम्मेदवारी दर्ता बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन र त्यसपछी उम्मेदवारी दर्ता हुनेछ । यस्तै, दिउँसो ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।

मतदान बिहीबार बिहानबाट पार्टी मुख्यालय च्यासलमा हुनेछ । यसअघि मंगलबारको बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्नुभएको प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ०३:१४

लोकप्रिय