सूचनाको शक्ति - The Power Of Information

        

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आजदेखि सुरू

नेकपा (एमाले) को बागमती प्रदेशको अधिवेशनअन्तर्गत बन्दसत्र मंगलबारदेखि सुरु हुँदैछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि बन्दसत्र हुने भएको छ । अधिवेशनमा प्रदेशभरबाट करिब १२ सय जना प्रतिनिधि सहभागी भएका छन् ।

अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ ।

प्रदेश अध्यक्षमा ५ जना नेताले आकांक्षा देखाएका छन् । अध्यक्षमा कैलाश ढुङ्गेल, कृष्ण दाहाल, केशवराज पाण्डे, कृष्णभक्त पोखरेल र सानुकुमार श्रेष्ठले आकांक्षा देखाएका हुन् ।

सोमबार भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अधिवेशनमा प्यानल बनाउने व्यक्तिको उम्मेदवारी नै खारेज गरिदिने चेतावनी दिनुभयो ।

उहाँले सर्वसम्मत नभए व्यक्तिगत चुनाव लड्नुपर्ने तर, प्यानल बनाउन नपाइने बताउनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार ०२:३२

लोकप्रिय