सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा सीमित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको उधारा प्रतिबद्धता गरे पनि चीन भ्रमण औपचारिकतामा मात्रै सीमित भएको छ ।

एजेन्डाविहीन बनेर चीन भ्रमणमा गएका प्रधानमन्त्री दाहालले पुराना सम्झौताको विषयमा कुनै छलफल हुन सकेन । आठदिने भ्रमणका क्रममा महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक पूरा भइसकेको छ । अब आउँदो १३ असोजसम्म भ्रमण र निरीक्षण गरेर दिन बित्ने छ ।

तीन दिनबिच प्रधानमन्त्री दाहालले अमेरिकाबाट चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरे । सोही दिन १९औं एसियन गेममा सहभागिता जनाए ।

दोस्रो दिन प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबिच सोमबार चीनको ग्रेटहल अफ दी पिपुलमा औपचारिक वार्तापछि १२ बुँदे सम्झौता र एक समझदारीपत्रमा हस्ताक्षर भयो ।

चीन भ्रमणअघि प्रधानमन्त्री दाहालले औपचारिकरूपमा जुन घोषणा र प्रतिबद्धता ठाउँअनुसार बोलेका थिए, चीनमा पुगेपछि ती प्रतिबद्धता र एजेन्डा बिर्सेर १२ वटा नयाँ सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरेर नेपाल फर्किँदै छन् ।

उनले चीन भ्रमणअघि चीनसँगको सीमा नाका कोभिड–१९ पूर्वको अवस्थामा सूचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, चीनमा पुगेपछि दाहालले सो कुरा बिर्सेका छन् ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार ०१:४२

लोकप्रिय