सूचनाको शक्ति - The Power Of Information

        

काँडेतार पन्छाउँदै अमेरिका (तस्वीर कथा)

रियो ग्रान्डी नदी तरेपछि मेक्सिकोबाट अमेरिका छिर्नका लागि बाटामा राखिएको काँडेतार पन्छाउँदै ।

दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्नेहरूको संख्या बढ्द गएको छ । सेप्टेम्बर महिनामा त रेकर्डकै नजिक पुगेको अमेरिकी अधिकारीहरूले बताउने गरेका छन् । यसरी जोखिमपूर्ण रूपमा सीमा पार गर्न खोज्दा थुप्रैको ज्यानसमेत जाने गरेको छ ।

मेक्सिको र अमेरिकाको सीमामा रहेको रियो ग्रान्डी नदी पार गरी थुप्रै देशबाट आएकाहरू अमेरिका प्रवेश गर्ने गरेका छन् । अमेरिका पट्टीको नदी किनाराको भागमा काँडेतार लगाइएको छ । उक्त तार क्रस गर्न पनि कम जोखिमपूर्ण छैन ।

तर यस्तो जोखिम मोलेर हजारौँ व्यक्तिहरू अमेरिकातिर प्रवेश गर्ने गरेका छन् । यस्तै अमेरिकी अधिकारीहरूले दुई जनाको शव पनि फेला पारेका छन् । ती शवहरू नदी पार गर्ने क्रममा पानीले बगाएर मृत भएका व्यक्तिको आकलन छ ।

बर्सेनि सयौँ मानिसको सीमा क्षेत्रको जोखिम पार नगर्दै मृत्यु हुने गरेको छ । अमेरिका र मेक्सिकोको सीमा ३ हजार २१८ किमि छ । सेप्टेम्बर महिनाको २० दिनमा मात्र अमेरिका छिर्न चाहने झन्डै १ लाख ४० हजारलाई होल्ड गरिएको अमेरिकी सीमा सुरक्षा सम्बन्धी काम गर्ने इन्टरनल कस्टम एन्ड बोर्डर पेट्रोलले जानकारी दिएको छ ।

बुधबार मात्र ९ हजार जनाले प्रोसेस गरेका छन् । यो मे महिनायताकै सबैभन्दा बढी हो । यसरी अमेरिका प्रवेश गर्न चाहनेको संख्या बढेपछि टेक्सासलाई कानुनी चुनौती खडा भएको छ । सीमामा आउनेहरूको संख्या बढेपछि सानो सहर इगल पासमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

अमेरिका छिर्न रियो ग्रान्डी नदी तर्दै ।

काँडेतार ।

रियो ग्रान्डी नदी किनारमा घस्रिएर जाँदै ।

काँडेतारबाट छिर्ने ठाउँ खोज्दै ।

बच्चा बोकेर रियो ग्रान्डी नदी तर्दै ।

सबै तस्वीरहरु : इरिक गे । एपी

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार ०९:२३

लोकप्रिय