सूचनाको शक्ति - The Power Of Information

        

काम अलपत्र पार्ने व्यवसायीको मेसिनमा ताला

सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएर ताला लगाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको टोली । दिक्तेल–खोटाङबजार सडक खण्ड अन्तर्गत दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु–बगाले–बिएण्टी जेभी निर्माणको एउटा स्काभेटर, दुईवटा ट्रिपर तथा एक–एकवटा रोलर र ग्रेडर नगरपालिकाको तर्फबाट नियन्त्रणमा लिएर मङ्गलबार ताला लगाइएको हो । तस्वीर : केदार मगर । रासस

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ०९:४८

लोकप्रिय