सूचनाको शक्ति - The Power Of Information

        

रविको पार्टीमा मौलाउँदै भ्रष्टाचार

जसले भ्रष्टाचार गर्दिन भन्छ सबैभन्दा बढी उही भ्रष्ट देखिएको इतिहास छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भ्रष्टाचारमा शून्य शहनशीलता’को नारा घन्काए तर अहिलेसम्मको इतिहासकै सबैभन्दा बढी भ्रष्ट सरकार उनकै पालामा भयो । अहिले भ्रष्टाचारीलाई कारबाही गर्ने रणनीति लिएर राजनीतिमा आएको १४ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा भ्रष्टाचारका ठूलाठूला काण्डहरु बाहिर आउन थालेका छन् ।

सांसद पद खुस्किएपछि राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद डा.ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेको टिमबाट पैसा उठाउने टिमको खुलासा गरेका हुन् । आफलाई मन्त्री बनाउनका लागि भन्दैै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रुपैयाँ रकम मागेको खुलासा गरेका हुन् । समानपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।

सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमत नरहने गरी कारबाही गरको थियो । त्यसपछि उनको सांसद पद पनि खुस्किएको थियो । श्रेष्ठले आफू मन्त्रीबन्न लागको तर त्यसका लागि ‘कोर टिम’को लागि दुई करोड चाहिने बताउँदै पैसा प्रसाईंसँग पैसा मागेको अडियो संवादमा खुलेको थियो । सोही ‘कोर टिम’का सदस्यमध्येको एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपैयाँ मागेको श्रेष्ठको दाबी छ ।

गत साता उनले एक टेलिभिजनको अन्तर्वार्तामा श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएका खुलाएका हुन् । मन्त्री बाँडफाँटका बलादेखि नै थापाले आफूलाई ‘तपाईं मन्त्री बन्दै हुनुहुन्छ’ भनेको र रकम पनि त्यही क्रममा मागिएका उनले खुलाएका हुन् । ‘किन माग्नुभयो, थाहा भएन । मलाई चाहिँ तपाईं दौरा सुरुवाल लगाएर तयार हुनुहोस्, म्याडमलाई बोलाउनुहोस्, आफन्तहरूलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ हुनेवाला छ । तपाईं रेडी हुनुहोस्, ढुक्क हुनुहोस्, तपाईं मन्त्री बनिसक्नुभयो ।

तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयाग चाहिन्छ भनेर उहाँलेँ माग्नु भयो,’ श्रेष्ठले भने । मोहनजंग थापासँग कुरा भइसकेपछि उनले खटाएको मान्छेसँग साढे दुई करोडमा डिल भएको उनको भनाइ छ । थापाले पैसा मागिसकेपछि नै आफू पैसा जुटाउनतिर लागेको उनले स्वीकार गरेका छन् । रवि लामिछानेको ‘कोर टिम’ भनेर सार्वजनिक गरिएको अडियोमध्येमा एकजना मोहनजंग थापा नै रहेको उनले बताए ।

‘घण्टा घण्टामा फोन आउँथ्यो, पैसा रेडी पार्नुभयो? खै चेक ल्याइदेको ? नभए तपाईको मन्त्री हुँदैन अर्को मान्छेलाई दिने हो भने,’ श्रेष्ठको भनाइ छ । सामाखुसी भित्रको कफी सपमा थापासँग भेट भएको उनले खुलाएका छन् । उनका अनुसार त्यही भेटमा मोहनले भेटाएका मान्छेसँग नै श्रेष्ठले रकमको ’डिल’ गरेका थिए । आफूलाई मात्र कारबाही भएकाले अरूका प्रमाण पनि सार्वजजिक गरिदिने उनले चेतावनी दिएका छन् ।

‘म सँग प्रमाण छ, केही समयमा निकाल्छु,’ उनले भने । ‘अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिन गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि,’ प्रसाईंसँगको अडियोबारे उनले भनेका छन् । प्रसाईसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको खुलाएका छन् ।

स्रोत : जनभावना साप्ताहिक
प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०९:२५

लोकप्रिय