सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच न्यूयोर्कमा भेट भएको छ । 

मङ्गलबार भएको भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०९:०२

लोकप्रिय