सूचनाको शक्ति - The Power Of Information

        

संविधान दिवसमा एमालेले ‘सेल्फी विथ नेसनल फ्ल्याग’ कार्यक्रम

नेकपा एमालेले एमालेले यस वर्षको संविधान दिवसको अवसरमा ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार भिडियो सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन् ।

‘हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ को मर्निङ वाक नेसनल वाक गरौं । सेल्फी विथ नेसनल फ्ल्यागका लागि असोज ३ गते नारायणचौर आउनु हो‘ ओलीले भनेका छन्, ‘जनस्तरबाटै भव्यस्तरमा मनाऔं ।’ अघिल्लो वर्ष एमालेले संविधान दिवसको अवसरमा २०७९ असोज १ गते नै मर्निङ वाक गर्दै आमनिर्वाचनको अभियान सुरु गरेको थियो । त्यस समयमा पनि मर्निङ वाक आयोजना गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०८:१०

लोकप्रिय