सूचनाको शक्ति - The Power Of Information

        

नेम्वाङको स्मृतिमा एमालेले आज सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै

नेकपा एमालेले आज संविधान सभाका दिवंगत अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठी आयोजना गर्न लागिएको हो । एमालेले गोष्ठीका लागि सातै प्रदेशमा जिम्मेवारी समेत तोकिसकेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासल स्थित केन्द्रीय कार्यालयमा हुने गोष्ठीलाई सम्बोधन गर्नुहुनेछ । गोष्ठीमा विभिन्न दलका नेताहरुलाई डाकिएको छ । अन्य प्रदेशमा पार्टी उपाध्यक्षहरुलाई खटाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ०८:५७

लोकप्रिय