२०८२ कात्तिक २१ , शुक्रबार 7, November 2025, Friday

मन्त्रिपरिषद्को बैठक बस्दै

सत्यपाटी
सत्यपाटी । काठमाडौँ
२०८० भदौ २९ गते शुक्रबार

आज शुक्रबार अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा देशको समसामयिक विभिन्न विषयबस्तु र नियमित विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउनुहुनेछ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते शनिबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार