सूचनाको शक्ति - The Power Of Information

        

गगन र विश्वको प्रयास जसरी पनि देउवालाई रोक्ने

वर्तमान सत्तारुढ गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री बन्ने सहमति रहेको नेताहरु बताउँछन् ।

सहमति अनुसार, सुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । दोस्रो चरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणमा चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति दलहरुका बीचमा रहेको बताइन्छ ।तर, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आलोपालोमा अब को प्रधानमन्त्री हुने भन्नेबारे यकिन नभएको बताउँछन् । कांग्रेसले सरकारको नेतृत्व गर्ने भएता पनि नेतृत्व गर्ने पात्रको विषयमा अहिले केही भन्न नसकिने भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा रोक्ने प्रयास भइरहेको प्रष्ट संकेत गरेका छन् । नेताहरुका अनुसार, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनबाट विधि बनाएर देउवालाई रोक्ने प्रयास गर्दैछन् । सफल नभए पार्टी महाधिवेशनपछि संसदीय दलको नेता फेरेर अर्कैलाई प्रधानमन्त्री बनाएर चुनावमा जाने महामन्त्रीद्धय गगन र विश्व प्रकाशको प्रयत्न हुनेछ ।

कांग्रेसबाट राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटकभन्दा बढी हुन नपाउने नीति अधिवेशनबाट पास गर्ने तयारी महामन्त्रीद्धयको छ । यसो भए चार पटक प्रधानमन्त्री भइसकेका देउवा स्वतः रोकिनेछन् ।

आगामी मंसिरमा हुने कांग्रेसको महासमिति बैठक छ । उक्त बैठकमा यो एजेन्डा लगेर सैद्धान्तिक सहमति गरी नीति अधिवेशनबाट पारित गराउने तयारी भइरहेको महामन्त्री शर्माले बताउँछन् ।

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तनको प्रयास निरन्तर जारी राखेका छन् । २०७९ को मंसिरको चुनावअघि नै महामन्त्री थापाले संसदीय दलको चुनाव लड्ने मात्र भनेका थिएनन, प्रधानमन्त्री हुने समेत भनेका थिए । त्यतिबेला उनको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री हुनेलाई छान्ने कि प्रधानमन्त्रीका पीएलाई छान्ने भन्ने चर्चा चलाइएको थियो ।

चुनावपछि थापा देउवासँग संसदीय दलको नेतामा चुनाव पनि लडे । तर पराजित भए । त्यो गणितमा अहिले पनि कुनै परिवर्तन आइसकेको छैन । त्यतिबेला थापाले २५ र देउवाले ६४ मत पाएका थिए ।तर, फेरि पनि कांग्रेसभित्र समीकरण परिवर्तनको प्रयास जारी छ । महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल गगनको साथमा हुने देखिएका छन् ।

कतिपय नेताहरु विगतमा गगन थापाको साथमा रहेका मनिष झा, स्वर्णिम वाग्ले लगातका अनुहारले साथ छोडिसकेका छन् र उनीहरु अर्को पार्टीबाट सांसद भएर संसदमै छन् । त्यसको दबाबका कारण गगन थापाले देउवामाथि दबाब बढाउनुपर्ने बाध्यता रहेको छ । यसकारण गगन थापा वर्तमान सत्तागठबन्धन कायम रहेको अवस्थामा कांग्रेसको पालोमा

स्रोत : मध्यान्ह राष्ट्रिय दैनिक
प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ०९:२२

लोकप्रिय