सूचनाको शक्ति - The Power Of Information

        

` एक भागवत र एक गीताको´गीत `झिझिया´ मा विपिन(भिडियो)

फिल्म `एक  भागवत र एक गीता´ को नयाँ गीत रिलिज गरिएको छ ।

सार्वजनिक ` झिझिया´ बोलको मैथिली गीतमा नेहा प्रिय दर्सनी र प्रवेश मल्लिकको आवाज सुन्न सकिन्छ । गीतमा प्रवेश मल्लिकको सङ्गीत र रचना ट्र्याडिस्नलको रहेको छ । भिडियोमा अभिनेता विपिन कार्कीलाई ट्रान्स्जेन्डरको भुमिकामा देख्न सकिन्छ ।

झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ, धिरज मगर, कबीर खड्का आदिको अभिनय छ । फिल्मको कन्सेप्ट सुहाना थापा र कथा झरना थापाको हो ।

फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ ।भदौ २९ गते फिल्म रिलिजमा आउँदै छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ०७:४०

लोकप्रिय