सूचनाको शक्ति - The Power Of Information

        

स्वर्गीय नेम्वाङको जीवनी

स्वर्गीय नेम्वाङको यात्रा : स्ववियु सभापतिदेखि संविधानसभा अध्यक्षसम्म

चार पटक सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए । नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा चिनिन्छन् ।

संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको असामहिक निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयाघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको हो

चार पटक सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए । नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा चिनिन्छन् । विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति भए । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा सङ्गठित सदस्य बनेका थिए ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित भए । एमालेको सातौँ महाधिवेशनमा उनि केन्द्रीय सदस्य निर्वाचित भए ।

२०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य र २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बने । विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाको अध्यक्ष रहे ।

२०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका थिए । २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री बने ।

२०५७ सालमा उनी संसद्को सार्वजनिक लेखा समितिको सभापति थिए । २०६३ सालको अन्तरिम संसदमा उनि सभामुख चयन भए । यस्तै २०६४ र २०७० सालको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधान सभाको अध्यक्ष बने ।

२०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । नेम्वाङको निधनप्रति नेकपा एमाले मात्र नभई सिँगै देश नै मर्माहत भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०७:२०

लोकप्रिय