सूचनाको शक्ति - The Power Of Information

        

नेम्वाङप्रति राष्ट्रपति पौडेल र प्रधानमन्त्री दहालको समवेदना

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनमा समवेदना व्यक्त गर्नुर्भको छ ।

राष्ट्रपति पौडेल संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ ।

नेम्वाङको अप्रत्यासित निधनप्रति दुख व्यक्त गर्दै पौडेलले शोकाकुल परिवारलगायतमा समवेदना प्रकट गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री दाहालले पनि नेम्वाङको निधनबाट मर्माहत भएको बताउनु भएको छ ।

नेम्वाङको निधनको खबरलगत्तै सामाजिक संजालमा लेख्दै प्रधानमन्त्री दाहालले शोककाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०७:१३

लोकप्रिय