सूचनाको शक्ति - The Power Of Information

        

दुखद् खबर

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल अस्पताल लगिएको थियो ।

निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन् । २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन् । २०४८ मा राष्ट्रिय सभा सदस्य भई संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा र संविधान सभा निर्वाचनमा विजयी भएका थिए ।

नेम्वाङ २०२८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय भएका थिए । २०२८–०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति भएका थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेशन केन्द्र (माले)मा संगठित भएका थिए । त्यसपछि माले र एमालेको उपल्लो तहमा रहेर राजनीतिक भूमिका निर्वाह गर्दै आएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुख व्यक्त गरेका छन् । मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले दुख व्यक्त गर्दै नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।

नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । एमाले नेतासमेत रहेका नेम्वाङको नेम्वाङको ७१ वर्षको उमेरमा गएराति निधन भएको थियो । हृदयघातका कारण सोमवार राति झण्डै साढे २ बजेको समयमा उनको निधन भएको हो ।

हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएकोे खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायत नेता तथा एमाले कार्यकर्ताहरु अस्पताल पुगेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०७:११

लोकप्रिय