२०८३ असोज २ , शुक्रबार 19, September 2026, Saturday

परमादेशपछि कोशी प्रदेशमा नयाँ सरकार

कोशी प्रदेशमा देखिएको संवैधानिक संकटलाई किनारा लगाउँदै सर्वोच्च अदालतको पूर्ण इजालसले परमादेश जारी गरेपछि मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (३) अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले शुक्रवार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरूले पनि सपथ लिइसकेका छन् । ताप्लेजुङका तिलकुमार मेन्याङ्बोले ऊर्जा, सिँचाइ तथा जलस्रोत र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी खोटाङका पाँचकर्ण राईले वन, वातावरण तथा पर्यटन र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय पाएका छन् । झापाका एकराज कार्की भौतिक पूर्वाधार विकासमन्त्री र भोजपुरकी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।

प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार