२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा सुवेदी नियुक्त

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २२ गते शुक्रबार

स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति: 

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार