सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय कृषि गणना २०७८

नेपालका ६२ प्रतिशत परिवार खेतीपातीमा

नेपालमा कृषक परिवार बढे, कृषि कार्य हुने जग्गा घट्यो ।

सरकारले राष्ट्रिय कृषि गणना २०७८ सार्वजनिक गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले आज (बिहिबार) कृषि गणना सार्वजनिक गरेको हो । कृषि गणना अनुसार नेपालमा पछिल्लो दशकमा कृषक परिवारको संख्या बढेको र कृषि कार्य हुने जग्गा घटेको पाइएको छ ।

२०१८ सालदेखि हरेक १०–१० वर्षमा हुँदै आएको कृषि गणना राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो ।

तथ्यांक कार्यालयका अनुसार यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ । जसअनुसार नेपालमा कृषक परिवारको संख्या घटेको पाइएको छ । कार्यालयका अनुसार कृषि गणना २०७८ मा नेपालमा कुल ४१ लाख ३० हजार ७८९ कृषक परिवार रहेको पाइएको छ ।

तथ्यांकअनुसार कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । अर्थात, पछिल्लो एक दशकमा नेपालमा दुई लाख ९९ हजार ६९६ कृषक परिवार थपिएका छन् ।

कृषि गणना अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ । अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो ।

अर्थात, अघिल्लो कृषि गणनाको तुलनामा कृषि गणना २०६८ मा कृषि कार्य भइरहेको जग्गा तीन लाख सात हजार २२९ हेक्टरले घटेको छ । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । अघिल्लो कृषि गणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।

कृषि गणना राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्यांक अनुसार यो कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखाएको छ । अघिल्लो कृषि गणना २०६८ ले यो संख्या क्रमशः एक करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १४:४५

लोकप्रिय