सूचनाको शक्ति - The Power Of Information

        

‘नाङ्गो गाउँ’ को ‘सुन सुन सुन्दरी’ गीतमा रोमान्टिक दया र मिरुना (भिडियो)

फिल्म ‘नाङ्गो गाउँ’को गीत सार्वजनिक भएको छ ।

‘सुन सुन सुन्दरी’ बोलको रोमान्टिक गीतमा अन्जु पन्त र एसडी योगीको स्वर सुन्न सकिन्छ । सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत रहेको छ ।

दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको फिल्मको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई रोमान्टिक अवतारमा प्रस्तुत छन् ।क्लक वर्क क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा दीपेन्द्र लामा स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको छ ।

भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा दया र मिरुनाको अलावा साम्राज्ञी आरएल शाह, कर्मा , बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार ०७:५३

लोकप्रिय