सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री गौरी मल्लको तीज गीत सार्वजनिक

अभिनेत्री गौरी मल्लको तिज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री द्वय वसुन्धरा भुसा, मिथिला शर्मा लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले मानिसहरु कुर्सीको लागि लड्ने गरेको र आफूले पाएको कुर्सी किन छोड्नु भनेर कुर्सीमा बसेको भन्दै राजनीतिक दल र नेताहरुप्रति व्यंग्य गर्नुभयो ।

उहाँले आफूले मिथिला शर्मा र गौरी मल्ललाई नाट्यश्वेरीका दुई छारीहरुको रुपमा लिएको बताउनु भयो । उहाँले उहाँहरु दुवैको अभिनय, नृत्य, व्यवहारमा पोख्त रहेको उल्लेख गर्नुभयो ।

उहाँले आफू जन्मिएको ६ महिनामै आमा बितेकाले आमाको माया थाहा नपाएको बताउनु भयो । उहाँले अरुका आमाले आफ्ना छोराछोरीलाई गरेको माया देखेर आफूले आमाको माया थाहा पाएको बताउनु भयो ।

उहाँले आफूले अन्तरजातीय विवाह गरेकाले आफ्नो पितासँग आँखाले बोलेको अनुभव सुुनाउनु भयो । कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले गौरी मल्ल बहुप्रतिभाशाली भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले भित्रि मनमा अझै पुरानो याद आइरहने बताउनु भयो । उहाँले गौरी मल्ल लेखेर र भनेर नभइ आफ्नो व्यवहारबाट कर्तव्य पूरा गरेको बताउनु भयो ।

वरिष्ठ अभिनेत्री गौरी मल्लले आफ्नो देशभन्दा ठूलो अरु केही नहुने बताउनु भयो । आफ्नो देशमा हुँदा निर्धक्कताको बोध भइरहने बताउनु भयो । उहाँले आफूलाई लेख्न, पढ्न र गाउन सानैदेखिको चाहना भएको बताउनु भयो ।

अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गर्नुभएको हो । म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १४:१६

लोकप्रिय