सूचनाको शक्ति - The Power Of Information

        

नेप्सेमा एकैदिन थपियो २.१९ करोड कित्ता नयाँ सेयर


काठमाडौं । नेप्सेमा पुनः ठूलो संख्यामा बोनस सेयर र एफपीओ सूचिकृत भएको छ । विभिन्न ७ कम्पनीको बोनस सेयर र एफपीओ गरी २ करोड १९ लाख ४७ हजार ७११ दशमलव ३५ कित्ता नयाँ सेयर कारोबारका लागि सूचिकृत भएको हो ।

कुन कम्पनीको कति नयाँ सेयर सूचिकृत
१.नेपाल इन्भेष्टमेन्ट बैंक : १४०५२२०१.३५ कित्ता(बोनस)
२.महुली सामुदायिक लघुवित्त : २००००० कित्ता(बोनस)
३.साल्ट ट्रेडिङ कर्पोरेसन : २४५९८७ कित्ता(बोनस)
४.गुड्विल फाइनान्स : ७४०००० कित्ता(बोनस)
५.बुटवल पावर कम्पनी : ४०८१००० कित्ता(एफपीओ)
६.शिखर इन्स्योरेन्स : २३९६४२३ कित्ता(बोनस)
७.सप्तकोसी डेभलपमेन्ट बैंक : २३२१०० कित्ता(बोनस)

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १०:१३