सूचनाको शक्ति - The Power Of Information

        

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक-एक स्वर्ण

 नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिस प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लवले स्वर्ण पदक जितेका छन् ।

पोखरामा जारी प्रतियोगितामा मंगलवार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक-एक स्वर्ण पदक जितेका हुन् । पुरुष युगलतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते ।

फाइनलमा पराजित प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीले रजत पदक प्राप्त गर्दा वागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डेको जोडी र गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मबहादुर लामिछानेको जोडीले काश्य पदकमा चित्त बुझाए ।
यस्तै महिलातर्फ एपीएफले स्वर्ण पदक जित्यो ।

एपीएफका भगवती बि.क. र समृद्धि महर्जनको जोडीले एपीएफलाई स्वर्ण पदक दिलाएका हुन् । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण पदक दिलाए ।

पराजित लुम्बिनी प्रदेशका ऋतीका र विमलाले रजत पदक प्राप्त गरे । यही प्रतिष्पर्धामा प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी तथा नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले कास्य पदकमा चित्त बुझाए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार १८:१०