सूचनाको शक्ति - The Power Of Information

        

जजिरा एयरवेजद्वारा आधा उडान कटौती

 भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरे भन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो ।

गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो ।

तर कुवेतबाट आउने यात्रु पर्याप्त भएपनि भैरहवाबाट त्यसतर्फ जाने यात्रुहरू अपेक्षाअनुसार नभएपछि २७ असोजदेखि दैनिक उडान कटौती गरी साताको तीनमा सीमित गरेको छ ।

जजिरा एयरवेजका नेपाल म्यानेजर अमित नागरथले यात्रु अभाव भएपछि उडान कटौती गरी साताको तीन वटा मात्रै उडान भएको जानकारी दिए । उडान सुरु भएको चार महिनासम्म दुईतर्फी नै यात्रुहरू पर्याप्त थिए, हामी उत्साहित थियौं ।

त्यसैले दैनिक उडान सुरु गर्‍यौं तर सोचे अनुसार हुन सकेन ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ०७:१०