सूचनाको शक्ति - The Power Of Information

        

विजय गच्छदारसहित ९ जनाविरुद्ध परेकाे रिट खारेज

विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेकाे रिट खारेज भएकाे छ ।

गच्छदार, बिक्रम पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीविरुद्ध परेकाे रिट खारेज भएकाे हाे ।

उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको हाे । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेताहरु प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वाेच्चमा रिट दिएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार १८:३३