नेपालगञ्ज मेडिकल कालेजमा शनिबार देखि उपचाररत् नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको थप उपचारका लागि आज भारतको लखनाउ लगिएको छ ।
अध्यक्ष इस्तियाक अहमद शाहलाई इन्फ्लुएन्जा संक्रमण पुष्टि भए पछि थप उपचारका लागि लखनउ रिफर गरिएको मेडिकल कालेज नेपालगञ्जका फिजिसियन डा आसिम केदवाइले बताउनुभयो ।
डाक्टर केदवाईका अनुसार छाती दुखाइ, ज्वरो र खोकीको समस्या देखिए पछि अस्पतालमा भर्ना गरि उपचार सुरु गरेको बताउदै उहाँले भन्नुभयो, खोकि र ज्वरो कम नभए पछि इन्फ्लुएन्जाको आशंकामा स्वाब परीक्षण गरे पछि इन्फ्लुएन्जा पोजेटिभ देखिएको हो ।
इन्फ्लुएन्जा देखिए पनि कुन प्रकारको इन्फ्लुएन्जा हो सोको परिक्षण गर्ने किट नभएकोले रिफर गर्नु परेको डाक्टर केदवाइले बताउनु । अध्यक्ष शाहलाई फिजिसियन डा. आसिम केदवाइ नेतृत्वको टोलीले उपचार गरेको थियो ।
सत्यपाटी । बाँके ।