सूचनाको शक्ति - The Power Of Information

        

नेपालद्वारा पाकिस्तान पराजित

बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३.५–०.५ को सानदार जित दर्ता गरेको छ ।

शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरेका हुन् ।

त्यसैगरी दोश्रो बोर्डमा खेलेका फिडेमास्टर बिमललाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे ।

प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा उच्च वरियताका मुहमद सहाजेवलाई पराजित गरे भने तेश्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरियताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे ।

तीन राउण्डको समाप्ति पश्चात आयोजक बंगलादेश ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी समान चार चार अंक बनाएका नेपाल तथा श्रीलंका क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहेका छन् ।

राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनशीपको पहिलो चरणको समाप्ति पश्चात शिर्ष ३ टोली सुपर लिगमा प्रवेश गर्नेछन् । च्याम्पियनशीप अन्तर्गत नेपालले आज आइततबार श्रीलंकाको सामना गर्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार ०९:५६