नेपाली कांग्रेसले संशोधनसहित चुनावी घोषणापत्र पारित गरेको छ।
शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले घोषणापत्रलाई अनुमोदन गरेको हो।
अब यसलाई छिट्टै अन्तिम रुप दिने पार्टीका सह–महामन्त्री जीवन परियारले बताए।
कांग्रेसले पटक–पटक संसद् विघटन र संसदीय व्यवस्था नै मास्ने गरी केपी शर्मा ओली सरकारले गरेका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाएको छ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र मस्यौदा समितिले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाएर काम गरिरहेको सह–महामन्त्री परियारको भनाई छ।
उपसमितिमा योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल, कांग्रेस नेता तथा लेखक गेजा शर्मा वाग्लेलगायत नेताहरू छन्।
आज शुक्रबारको कार्यसम्पादन समितिको बैठकमा घोषणापत्र बारे महामन्त्री शर्मा र वाग्लेले संक्षिप्तमा जानकारी गराएका थिए।
बैठकमा नेताहरूले दिएको सुझावलाई समेटेर छिट्टै घोषणापत्र तयार पार्ने परियारले दाबी गरे।
उनले भने, ‘०७४ को निर्वाचनपछि नेकपा नेतृत्वको ओली सरकारले संसदीय लोकतान्त्रिक शासन प्रणालीविरुद्ध जुन काम ग¥यो, त्यसैले कांग्रेस संविधानको रक्षा गर्छ भन्ने जिम्मा घोषणापत्रबाट लिन्छौँ।’
०४८ सालबाट कांग्रेसले सुरु गरेको महत्वपूर्ण विषयलाई पनि समेट्ने बताए। मंसिर ४ गतेको निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार ५ वर्षको लागि अगाडि बढ्ने दाबी गरे।
उनले भने, ‘ओलीजी कति वर्षका लागि भावी प्रधानमन्त्रीको रूपमा अगाडि सर्नुभएको छ। त्यो एमालेलाई थाहा होला तर हामी ५ वर्षका लागि जान्छौँ।’
सत्यपाटी । ।