नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि ४१ वटा आरोप लगाएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर नेता रावलले ओलीमाथि खनिएका हुन् । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको अवस्थामा आफूलाई रोक्ने नियतसहित ओलीले टिकट खोसिदिएको भन्दै रावलले आक्रोश पोखे ।
‘मेरो टिकट षड्यन्त्रपूर्वक खोसियो । यदि सिफारिस हुँदा पनि मैले टिकट पाउँदिन भने पार्टी अध्यक्षलाई किन टिकट दिने ? संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा कहिले सहभागी नहुने तर आफूलाई बोल्न मन लाग्दा हामीलाई उपस्थित हुन उर्दी जारी गरिन्थ्यो । करिब दुईतिहाइको प्रधानमन्त्री हुँदा आधा धेरै समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुने तर, निरन्तर देशका लागि आवाज उठाउँदै संसदमा सक्रिय हुनेले किन उम्मेदवार हुन नपाउने? किन टिकट खोसिने ?’ उनले भने ।
ओलीले पार्टी सिद्धन्त विपरीत संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरेको बताए । नेता रावलले भने, ‘तपाईं (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ । त्यो पार्टीको सिद्धान्त विपरीत भएन ?’ उनले ओलीले एमालेका दशौँ वर्ष योगदान दिएका नेताहरुलाई गुटका आधारमा टिकटबाट बञ्चित गरिएको बताए । १० भाइका नाममा टिकट नदिएर कत्लेआम गर्न खोजिएको आरोप पनि रावलले लगाएका छन् ।
पूर्णपाठ :
सत्यपाटी । काठमाडौं ।