सूचनाको शक्ति - The Power Of Information

        

भित्र्याउने बेलाको धानबाली क्षति पुगेपछि कृषकहरु चिन्तित (अडियो रिपोर्ट)

दशैं सकिएपछि वर्षभरी खाने धानबाली भित्र्याउने तयारी गरिरहेका वीरेन्द्रनगरका कृषकहरु बाढीले डुबाउँदा चिन्तित बनेका छन् । वीरेन्द्रनगरको उत्तरी जलाधारमा लगातार ६ दिनको वर्षापछि उपत्यका भएर बग्ने खोलाहरुमा पानीको बहाव बढ्दा वर्षभरी पुग्ने धानबालीमा क्षति पुर्याएको हो ।

ईत्राम खोर्के ढोडेखाली लगायतका आधा दर्जन बढी खोलाहरुमा आएको बाढीले वीरेन्द्रनगर नगरपालिका वडा नं ९ को पर्सेनी र वडा नं १० को घुर्सा क्षेत्रमा कृषकले लगाएको धानबालीमा क्षति पुर्याएको छ । गतवर्ष काटेको धानबाली वर्षातकै कारण बारीमै उम्रिएपछि ठूलो क्षति व्यहोर्न बाध्य यहाँका कृषकहरुले यो वर्ष पनि त्यही नियती भोग्नुपरेकोमा दुखेसो गरेका छन् ।

अडियो रिपोर्ट :

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १०:५५