आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि बर्दिया क्षेत्र नम्बर १ मा सञ्जयकुमार गौतम नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार भएका छन् । कांग्रेसका अर्का उम्मेदवार अरुण प्रकाश सिंह राठौरमध्ये राठौरको उम्मेदवारी खारेज भएपछि गौतमले आधिकारिकता पाएका हुन् ।
गौतमविरुद्ध राठौरले दिएको उजुरीबारे छानबिन गर्दा राठौरको उम्मेदवारी खारेज भएको सहायक निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिए । राठौर हाल नेपाली कांग्रेस बर्दियाका सभापति र गौतम कांग्रेस केन्द्रीय सदस्य हुन् ।
आयोगले राठौरको मनोनयनपत्र दाखिला गर्ने बेलामा कार्यविधि नपुगेको जनाएको छ । बर्दियामा सत्ता गठबन्धनबाट कांग्रेसले उम्मेदवार पाएपनि उक्त पार्टीबाट दुई नेताहरूको उम्मेदवारी परेको थियो ।
सत्यपाटी । बर्दिया ।