सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घट्यो

सुन चाँदीको भाउ आज पनि घटेको छ ।

दशैँ बिदामा भाउ बढेर तोलाको ९६ हजार रुपैयाँमा पुगेको सुनको भाउ हिजो ८ सय रुपैयाँले घटेर तोलाको ९५ हजार दुई रुपैयाँमा झरेको थियो ।

आज फेरि १ हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १७:०९