केही दिनदेखि परेको वर्षाले नेपालगंजको सेतु विक चोक, न्यूँरोड, सल्यानीबाग लगायतका क्षेत्रहरु जलमग्न भएको छ । पानीको उपयुक्त निकास नहुँदा जलमग्न भएको छ ती क्षेत्रहरु जलाम्य हुन पुगेको हो ।
सडकमा पानी जमेको कारण पैदाल यात्रीलाई हिड्डुल गर्न कठिनाइ भएको छ । त्यसै गरी मोटरसाईकल तथा ई-रिक्साजस्ता सवारीसाधनलाई आवात जावत गर्न कठिनाई भएको छ ।
सडक पेटी र वरपर पानी छल्दै स्थानीयहरु तरकारी किनमेन गर्न बाध्य भएका छन् । त्यस्तै केही पसल तथा घर वरपर पानी पसेर समस्या परेको छ ।
पानीको निकास नहुँदा कार्यालयमा काम गर्ने कर्मचारी तथा कामकाजी व्यवसायीहरुलाई आउन जान सकस भएको छ ।
सत्यपाटी । बाँके ।