सूचनाको शक्ति - The Power Of Information

        

‘किशोरीको दुईवटा जन्मदर्ता भेटिएको दाबी’

नाबालिकमाथि बलात्कार अभियोगमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले सात दिनका लागि म्याद थप गरेको छ ।

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध बलात्कार अभियोगमा गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए ।

प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्नका लागि अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोल मार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको टीकाको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोप ति किशोरीले लगाएकी छिन् । २० असोजमा पक्राउ परेका लामिछानेलाई सोमबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको थियो ।

अदालतमा उपस्थित भएका उनले आफू निर्दोष भएको बताएका छन् । न्यायाधीश समक्ष सन्दिपले आफूले जाहेरवालाकै आग्रहमा भेटेको बताएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार ०८:०२