नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको हो ।
देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ । नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको सतह १२ मिटर पुगेको छ । यसअघि बिहीवार खतराको तह पार गरेको थियो ।
अहिले नारायणी नदीको पानीको सतह बढेपछी गैंडाकोट तर्फका एक दर्जन घरहरु डुवानमा परेका छन् । चितवनको मेघौली क्षेत्रमा पनि डुवान भएको छ । पश्चिम चितवनको दिव्यनगर क्षेत्रका एक दर्जन घर परिवारलाई सुरक्षित स्थानमा सारिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
सत्यपाटी । चितवन ।