सूचनाको शक्ति - The Power Of Information

        

कृषि–आलेख

नेपालमा ‘ड्रागन फल’को व्यवसायिक खेती कति उपयुक्त ?

ड्रागन फल खानेहरू भन्छन्, ‘यो फल खाएपछि मन मानौं प्राकृतिक सौन्दर्यमा लठ्ठिँदै घर परिवार नै बिर्सिएर एकान्तवासको स्वर्गीय आनन्द उठाइरहे जस्तै हुन्छ ।’

पछिल्लो समय ‘ड्रागन फल’ले लोकप्रियताको शिखर चढेको छ । नेपाल भित्रिएको छोटो समयमा नै महँगो मूल्यको बाबजुद पनि यस फलको चर्चा निरन्तर चुलिँदो छ । देख्दा निकै अद्भुत र आकर्षक देखिने यस फललाई ठाउँअनुसार पिताया अथवा पितानाया पनि भन्ने गरिन्छ ।

‘हाइलोसेरुस अन्डटुस’ वैज्ञानिक नाम रहेको यस फलको अन्य नामहरू ः मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला इत्यादि पनि हुन् । सफा, सुन्दर र देख्दैमा खाउँ खाउँ लाग्ने यस फल नेपाली माटोमा हुर्कन थालेको धेरै समय भएको छैन । झट्ट हेर्दा सिउँडी जस्तो देखिने यस फलमा अधिकमात्रामा क्यालोरी पाइने गर्दछ । धेरै प्रकारको औषधि काम गर्ने यस फलले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्याउँछ ।

असाध्यै रसिलो, स्वादिष्ट यस फलले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने ल्याकत राख्ने हुनाले यो सुपर पावर हाउस फलको रूपमा पनि परिचित हुँदै आइरहेको छ । प्रतिकिलो ५०० देखि १,००० रुपैयाँसम्ममा किनबेच भइरहेको ड्रागन फलको चर्चा निरन्तर चुलिँदो छ । हाल यसको फल १५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

उत्पति

अन्दाजी २५० वर्ष आसपास उत्पति भएको मानिने ‘ड्रागन फल’ प्रथमतः दक्षिण अमेरीकी देश मेक्सिकोमा भेटिएको थियो । यो मेक्सिकोको रैथाने फल हो । एसियामा यस फल भित्राउने प्रथम मुलुक भियतनाम हो । त्यसपछि मलेसिया, थाइल्याण्ड हुँदै दक्षिण पूर्वी एसियाली क्रममा भित्रिने क्रममा यो फल नेपाल आइपुगेको हो ।

नेपालको लागि नौल फलको रुपमा रहेको ड्रागन फल विस २०५७ मा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथीमार्फत भियतनामबाट नेपाल भित्र्याएका हुन् । यसको फलको या यस्ता बोटबिरुवाहरू नागरिक स्तरबाट ल्याउन र लैजान प्राय अवैध कारोबारमा राखिने गरेको भेटिन्छ । बिस्तारै बिस्तारै उपलब्धताका आधारमा सेतो, रातो, हल्का पिङ्क र पहेँलो जातका ड्रेगन फलका बिरुवाहरू नेपालमा पनि भित्रिए ।

‘ड्रागन फल’ हेर्दा कस्तो देखिन्छ ?

विश्वमा पाइने ड्रागन फल मध्ये तीन प्रजातिलाई विशेष खानका लागि योग्य फलका र रूपमा लिने गरिएको भेटिन्छ । विश्वभर पहेँलो, सेतो, रातो र हल्का रातो (पिङ्क) जातका ड्रागन प्रयोग गरिन्छ । सेतो र रातो भन्दा पहेँलो अलि कम फल्छ तर पौष्टिक तत्त्व चाहिँ सबैको भन्दा बढी र हल्का बास्नादार हुने गर्छ ।

सेतो र रातो ड्रागन फलको बोक्रा रातो हुन्छ तर फल चाहिँ सेतोको सेतै हुन्छ भने हल्का रातोको रातो र हल्का रातो नै हुन्छ । तर पहेँलो ड्रागन फलको भने भित्र सेतो हुने गर्छ । सबैथरी ड्रागन फल भित्रको गुदीमा कालो तील भुर्र छरेको जस्तो देखिन्छ । सेतो फल लाग्ने प्रजातिको फुलेको कोपिलाको पत्र हल्का सेतो र हरियो, रातो फलको कोपिलाको पत्रको किनारको भागमा हल्का रातो वा गुलाफी हुन्छ ।

साथै यस फलको फूल निकै वासनादार हुने गर्दछ । यसको बिरुवा रोप्दा, गोडमेल गर्दा, फुल्दा र फल लाग्दासम्म नै घरपरिवार, छिमेकी, पाहुना या साथीभाईहरू यसैको वरिपरी झुम्मिरहेका धेरै भेटिएको यसको खेति गर्दै आएकाहरू अनुभव छ । ड्रागन फलको बोक्रा काँचो हुँदासम्म हरियो रहन्छ भने फल पाकिसकेपछि बिस्तारै बिस्तारै रातो या पहेँलो रङ्गमा ढल्ने गर्दछ ।

पूर्णरुपमा रातो या पहेँलो भइसकेपछि मात्र यो खानयोग्य ठहरिन्छ । यो फल मुखमा राखेपछि पेटको आन्द्रामा रहेसम्म शीतलतासहितको आनन्दता दिन्छ । ड्रागन फल खानेहरू भन्छन्, ‘यो फल खाएपछि मन मानौं प्राकृतिक सौन्दर्यमा लठ्ठीएर घर परिवार नै बिर्सी एकान्तवासको स्वर्गीय आनन्द उठाइरहे जस्तै हुन्छ ।’

कसरी फल्छ यो फल ?

यसको फल मात्रै होइन फूल पनि उत्तिकै गुणकारी छ । यसको फूल फुल्न लागेपछि बोटले धान्न नसक्ने गरी फुल्छ । फूल फुलेको चार–पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ । राती मात्रै फुल्ने भएकाले पनि यसलाई रातकी रानी भन्न थालिएको हो ।

चिचिल्ला देखिएपछि बिस्तारै यसको फूललाई बिस्तारै टिप्न सकिन्छ । यसरी टिपेकोफूललाई हामीले तरकारी बनाएर सेवन गर्न सक्छौ । यसको फूल तथा फल चिनी अधिक भएका, उच्च तथा निम्न रक्तचाप, कब्जियत, क्यान्सर, मिर्गौला आदिका रोगीहरू, ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र सुत्केरी लगायत अन्य बिरामीका लागि अमृत समान फाइदाजनक हुने गर्छ ।

फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज–कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । अत्याधिक फुलेका सबै फूलहरूलाई बोटले थान्न नसक्ने अवस्था देखियो भने छाँटी दिनुपर्ने हुन सक्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ ।

कस्तो माटोमा यो फल्छ ?

कारीब समुन्द्री सतहदेखि ३००० मिटरसम्म यसको खेती गर्न सकिन्छ । नेपालको हकमा यसको खेतीको लागि योग्य जमिन तराईदेखि १५०० मिटरसम्मको उचाइमा लगाउन सकिन्छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ ।

यसको लागि पानी नजम्ने, सेप नभएको पारीलो जमिन (रेन स्याडो) उपयुक्त हुन्छ । यो कालो, रातो, दोमट, फुस्रो, बलौटे, चिम्ट्याइलो, गेगरयुक्त, ढ्ङ्ग्यान जस्तो सबै ठाउँमा फल्ने फल हो । पीएच मान ९एज्।खबगिभ० ४.५–७.५ सम्म भएको माटोमा यसको खेती गर्न सकिन्छ ।

यसलाई मौसम र वातावरणमा हुने उच्च परिवर्तन र उतार चढावले खासै असर गर्दैन । १५ देखि ३० डिग्री तापमान एकदमै राम्रोसँग सप्रिने यस फलले बढीमा ४५ डिग्री सेल्सियस र घटीमा २–३ डिग्री सेल्सियस तापमान सहन सक्दछ । यसकारण यो फल घाम लाग्ने रूखा, सुख्खा, पाखा, पखेरो, बगर, तराई, भित्री मधेस र पहाडका तेलहन र दलहन क्षेत्र पनि निकै उपयुक्त मानिन्छ ।

घाम लाग्ने सहरभित्र हरेक घरका कौसी, करेसाबारी, खाली जमिन या त्यस्तै ठाउँमा यसलाई रोप्ने हो भने पनि यसले शहरी सुन्दरता बढाउने पक्का नै छ । ड्रागन फलको खेति गर्नको लागि पानी अत्यावश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँमा पनि यसको खेति गर्न सकिन्छ । नेपालको हावापानी ड्रागन फलका लागि निकै उत्तम देखिन्छ । हालसम्म उत्पादन भएका ड्रेगन फलहरू मध्ये नेपालका ड्रागन फल रसिला, स्वादिला शीतलता दिने निकै मिठा छन् ।

यसका फाइदाहरू के–के हुन् ?

एन्टिअक्सडेन्टको प्रमुख स्रोत मानिने यस फलमा प्रशस्त मात्रामा पानी हुने गर्दछ । यसको बीउमा ओमेगा ३ र ६, गुदीमा भिटामिन सी र छालाका लागि चाहिने तत्व पाइन्छ । प्रशस्त फाइबर भएकोले पाचन प्रणालीलाई चुस्त दुरुस्त बनाउँछ । यसमा पाइने क्याल्सियले दाँत र हड्डी बलियो बनाउँछ । साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्याउँछ ।

छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुर्याउँछ । यसको फल डेङ्गो, सुगर लगायतका बिरामीहरूका लागि जीवन नै वरदान पाए जस्तो हुनेगरि फाइदा गर्छ । यसमा भएको फोनोइन्टस भन्ने तत्वले मुटु सम्बन्धी रोग लाग्न दिँदैन ।

क्याल्सियम प्रशस्त पाइने हुनाले गर्वअवस्थाका महिला, बालबालिका, ज्येष्ठ नागरिक र रोगले दुःख दिइरहनेहरूको लागि शक्तिवर्दक सञ्जीवनी साबित हुन्छ । अर्थराइटिसका बिरामीका लागि निकै उपयोगी र सौन्दर्यको श्रोतको रूपमा उपयोगी हुने फलको नाम नै ड्रेगन फल हो । कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।

क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ । यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो ।

नेपालमा कति उपयुक्त ?

काठमाडौँको हावापानीमा वर्षको तीन पटकसम्म र माथि उल्लेखित हावापानी मिलेको ठाउँमा चार पटकसम्म फल्न सक्ने यस फलको खेति बढाउनु अहिले नितान्त आवश्यक देखिन्छ । एउटा बोट राम्रोसँग झाँगिएमा एक पटकमा पचास केजी सम्म फल लाग्ने यस फल नेपाली समाजको लागि निकै लाभदायी देखिन्छ ।

उसो त हाम्रो आन्तरिक तरकारी तथा फलफूल बजार त्यति ठूलो छैन । त्यहाँ आइपुग्ने प्रायशः तरकारी एवम् फलफूल छिमेकी देशको उत्पादन हो । धेरैले सुनेको तर चाख्न नपाएको यस फलको बजार यहि फलको बहुउपयोगिता र पोषणयुक्त फल हुनाकै कारण फस्टाउनेमा कुनै शंका छैन ।

नेपालको हावापानीमा नै मनग्य उत्पादन हुने यस फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जेली–जाम, जुस, वाइन, आइसक्रिम, मञ्जन लगायत उत्पादन गर्न सकिन्छ । अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ । जुन सुखदायी कुरा हो ।

कसरी गर्ने व्यवसायिक खेती ?

ड्रागन सिउडी प्रजातिअन्तर्गत पर्ने फल हो । गर्मी र सुख्खा हावापानीमा हुने फल सामुन्द्रिक सतहबाट ३५ सय मिटरको रेन्जमा पाइन्छ । दक्षिण अमेरिकाबाट उत्पत्ति भएको ड्रागन फल नेपाल भित्रिएको धेरै लामो समय भएको छैन तर यसको लोकप्रियता भने निकै बढेको छ । यो फल हेर्दा जति आकर्षक हुन्छ त्यति नै स्वादिष्ट पनि हुन्छ ।

यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदाँ यसलाई ड्रागन फल भनिएको हो । दक्षिण पूर्वी एशियाका देशहरू भियतनाम, थाइल्यान्ड, फिलिपिन्सलगायतका देश हुँदै यो फल नेपाल भित्रिएको हो ।

ड्रागन फल रातो, पहेंलो, सेतो र गुलाबी रङ्गमा पाइन्छ । पहेंलोचाँही धेरै सेन्सेटिभ प्रजाती भएको हुनाले यो नेपालमा खासै पाइदैन । नेपालमा विशेषगरी रातो र सेतो प्रजातिको ड्रागन फल पाइन्छ । काठमाडौँमा प्रायः जसोले यो फल कौसीमा लगाउने गरेका छन् भने खेतबारीमा पनि लगाइएको पाइन्छ ।

पछिल्लो समय नेपालमा व्यवसायिक रूपमा ड्रागन फलको खेती गर्नेको सङ्ख्यामा समेत बृद्धि भइरहेको छ । फूल फुलेको चार र पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । राती फुल्ने ड्रागन फलले रोपेको एक बर्षपछि फल दिन्छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

स्वाद

ड्रागन फल स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । यसमा धेरै मात्रामा क्याल्सियम मिनरल पाइन्छ । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यस फलको स्वाद गुलियो र अमिलो मिश्रित हुन्छ । फलको तौल २०० ग्रामदेखि १.२ किलोसम्म हुन्छ । फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ ।

यो फलबाट उच्चस्तरको आइसक्रिम, केक, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । स्वास्थ्यका लागि अत्यन्त लाभदायी र पोषणयुक्त भएको कारण पछिल्लो समय सौखकै रूपमा ड्रागन फुडलाई लिने गरिन्छ ।

अत्यन्त थोरै संख्याले मात्रै यसलाई व्यवसायिक खेतीको रूपमा अघि बढाएका छन् भने नहुनेले कौसीमा वा करेबारीमा लगाएका पाइन्छ । व्यवसायका कुरा गर्ने हो भने जमिनको उपब्धता नहुनेहरूले गमलामा वा कौसीमा तथा करेशाबारीमा लगाउने गरेका पाइन्छ ।

कहाँ पाइन्छ ?

ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भएको प्रसस्त घाम लाग्ने र वार्षिक ५०–१५० सेन्टिमिटर बर्षा र २०–३० सेन्टिमिटर तापक्रम हुने ठाउमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । यो डिर्जट फल अर्थात् मरुभूमीमा फल्ने फल भएको हुनाले ३५ सयदेखि माथिको रेन्जमा लगाउँदा राम्रो हुन्छ ।

अत्याधिक चिसोमा र पानी जम्ने ठाउँमा यो राम्रो हुँदैन । यो फल नेपालमा पाइन थालेको धेरै समय भएको छैन । शुरूमा ७०० देखी १२०० रुपैयाँ प्रतिकेजीसम्म केजीसम्म बिक्री वितरण गरिएको यो फलको हालको मूल्य ५००–१००० रुपैयाँ प्रतिकेजीसम्म पर्छ । यो फलको तौल २०० ग्राम देखि १ केजीसम्मको हुन्छ ।

कसरी लगाउने ?

पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकोले यसको लागि पानी नजम्ने ठाउँ छनोट गर्नुपर्दछ । बलौटे र दोमट माटोमा सजिलै यसको खेती गर्न सकिन्छ । यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । नेपालको सन्दर्भमा यो फललाई सिचाइ सुविधा भएको ठाउंमा तराइ, भित्रि मधेश, र मध्य पहाडमा खेती गर्न सकिन्छ ।

माटोको पिएच ५–५ देखि ७ सम्म हुनुपर्नेछ । नदिले कटान गरेको ठाउँ र खोलाको बगरमा पनि खेती गर्न सकिन्छ । ड्रागन एक डिर्जट फल भएको कारण यसलाई खासै हेरचाह त गर्नुपर्दैन तर हावापानी, माटोको पिएच र पानीमा विशेषगरी ध्यान दिनुपर्ने हुन्छ । विरूवा लगाउनुभन्दा अगाडि शुरूमा माटोको परीक्षण गर्नुपर्ने हुन्छ ।

मरुभूमिमा फल्ने प्रजातिको विरूवा हो यो । ड्रागन एक डिर्जट फल भएको कारण यसलाई खासै हेरचाह त गर्नुपर्दैन तर हावापानी, माटोको पिएच र पानीमा विशेषगरी ध्यान दिनुपर्ने हुन्छ । विरूवा लगाउनुभन्दा अगाडि शुरूमा माटोको परीक्षण गर्नुपर्ने हुन्छ । मरुभूमिमा फल्ने प्रजातिको विरुवा हो यो ।

अरुको लहलहैमा लागेर लगानी गरेमा पछि उत्पादन नहुँदा लगानी डुब्ने जोखिम अत्याधिक भएको कारण ड्रागन खेती गर्नुअघि हावापानी, माटो र पानीको अवस्थाको जानकारी लिनु पर्दछ । ड्रागन अत्याधिक चिसोमा हुँदैन । यो रोपेको ठाउँमा पानी जम्न हुँदैन ।

एक रोपनी जग्गामा २५० देखि ३५० को हाराहारीमा विरुवा लगाउन सकिन्छ । २.५ को मिटरमा यो विरुवा लगाउनुपर्ने हुन्छ । व्यवसायिक रूपमा ड्रागन फुटको खेती गर्दा यी कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ भने थोरै कौसीमा लगाउछु भन्नेहरूका लागि जसले लगाए पनि फरक पर्दैन । जरा पलाइसकेको विरुवा चाडै फल्छ ।

रोप्ने सिजन फागुनदेखि चैत बैशाखसम्म हुन्छ । असार साउनदेखि यो संख्या अझै बृद्धि हुन्छ । यसको सबैभन्दा बढी फल लिने समय भनेको १८ महिना हो । यो १२ देखि १८ महिनामा यसको फल्ने समयावधि हो । माटो परीक्षण, लगायतका विभिन्न काम सकेर मात्रै व्यवसायिक रूपमा समय दिनु रामो हुन्छ । यसको बजार राम्रो छ ।

बजारमा जथाभावी यसको विरूवा पाइँदैन । विश्व बजारमा यसको सम्भावना धेरै छ । ड्रागन फलको विरूवा किन्दा मदर प्लान्ट हो कि हैन भन्ने कुरा पहिचान गर्नुपर्दछ । सिडबाट उमारेको विरुवा हो भने विरूवा उत्पादन गर्न ४ देखि ५ वर्ष लाग्छ । मदर प्लान्टबाट कटिङ गरेको विरूवा हो भने १२–१५ महिनादेखि १८ महिनामा यसले फल दिन्छ ।

नेपालमा पनि कटिङ गरेको विरूवाहरू पनि पाइन्छ, तर कसैकसैले भने भारतबाट ल्याउने गरेका छन् । बजार हेरेर विरुवाको मूल्य तय गरिन्छ । हरेक व्यवसायीहरूले आ–आफ्नो हिसावले मूल्य निर्धारण गर्छन् । यसको विरुवाको मूल्य १३० देखि ४०० रुपैयाँसम्म पर्छ । नेपालको ३०–४० जिल्लाहरूमा ड्रागन फुडको विरुवा पुगिसकेको छ ।

ड्रागन फलको रूख भएकोले सपोर्टको आवश्यकता पर्दछ जसको लागि सिमेन्टको पिलर दिगो हुन्छ विकल्पको रूपमा काठ, बाँस, फलामको खम्बा पनि प्रयोग गर्न सकिन्छ । लगाएको एकदेखि डेढ बर्षबाट फल्न शुरू भई निरन्तर झण्डै २५ बर्षसम्म उत्पादन दिने भएकोले पिलर बनाउँदा चार सुताको ८ फिट लामो ३ वटा रड भएको बलियो किसिमको बनाउनुपर्छ ।

फूल फुलेको ३० देखि ४५ दिनमा फल तयार हुन्छ । यो जेठदेखि असोज कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । हुर्केको बोटबाट बार्षिक ३० देखि ५० किलोसम्म ड्रागन उत्पादन दिन्छ । एक बोटदेखि अर्को बोटको दुरी र पिलरदेखि पिलरको दुरी २.५ र २.५ मिटर राख्नुपर्दछ । एक हेक्टर जग्गामा २००० पिलर प्रतिपिलर ३ वटाको दरले ६००० र ४ वटाको दरले ८००० विरूवा आवश्यक पर्दछ ।

स्रोत : अरुको लहलहैमा लागेर लगानी गरेमा पछि उत्पादन नहुँदा लगानी डुब्ने जोखिम अत्याधिक भएको कारण ड्रागन खेती गर्नुअघि हावापानी, माटो र पानीको अवस्थाको जानकारी लिनु पर्दछ । ड्रागन अत्याधिक चिसोमा हुँदैन । यो रोपेको ठाउँमा पानी जम्न हुँदैन ।
प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार १०:०२