पाँच दलीय सत्तागठबन्धनमा चुनावी तालमेलको भागभण्डा अझै टुंगो लागिसकेको छैन ।
गठबन्धनमा आबद्ध दलहरू छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् ।
पहिला दलहरुभित्रै आन्तरिक छलफल गरेर पुनः गठबन्धनको बैठक बस्ने तय भएको छ । हिजो पनि बसेको गठबन्धनको बैठकमा सिट बाँडफाडमा सहमति नजुटेपछि आज ११ बजेका लागि पुनः बस्नेगरी बैठक टुंगिएको थियो ।
आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनमा सिट बाँडफाडमा आजको बैठकले अन्तिम टुंगो लगाउने तयारीमा दलहरु रहेका छन् ।
सत्यपाटी । काठमाडौँ ।