सूचनाको शक्ति - The Power Of Information

        

लमजुङमा ७८ जनामा डेंगु संक्रमण

देशभर डेंगु संक्रमण बढेसँगै पछिल्लो समय लमजुङमा डेंगुको संक्रमण फैलिएको छ।

स्वास्थ्य कार्यालय लमजुङका अनुसार ८ सय २० जनाको परीक्षण गर्दा जिल्लामा ७८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिए तापनि यसको कारणबाट मानवीय क्षति नभएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ।

जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठका अनुसार डेंगु लाग्नुको मुख्य कारण जमेको फोहोर पानी र लामखुट्टेको टोकाइबाट सर्ने भएकाले डेंगुको रोकथामका लागि सरकारले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको बताए।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार ०८:४९