बुटवल । पहिलो पटक प्राकृतिक चिकित्स विधीबाट उपचार गर्नेगरी गुरा“स हस्पिटल प्रालि सुरु भएको छ । ७ करोड २५ लाख लागतमा ५ जना सञ्चालकहरुद्वारा बुटवल उपमहानरपालिका –१२ ढवाहमा नेपालमै पहिलो पटक अध्याधुनिक ईको प्यानल सहितको भुकम्पप्रतिरोधी भवनमा अस्पताल सञ्चालनमा आएको हो ।
अस्पतालकी अध्यक्ष सरस्वती भुषालका अनुसार अक्युपन्चर, ईलेक्ट्रो थेरापी, एक्साईज थेरापी, माटो स्नान, बेसार स्नान, अन्डरवाटर हाईड्रो डिलक्स मसाज, ज्याुकुजि, हिप वाथ, स्पाईलन बाथ, स्पाईनल स्प्रे, कोलान हाईड्रो थेरापी लगायतका सेवाहरु अस्पतालले प्रदान गर्ने छ । यस्तै शिराधारा(भृकुटी वाथ) तेल मालिस, हट स्टोन मालिस, पोटलि मालिस, योगा थेरापी, मनुपुलेसन, अनुपुलेसन, अक्युप्रेस लगायतका सेवाहरु रहेका छन् ।
पुर्णरुपमा अपाङ्गमैत्री संरचना निर्माण गरिएको उक्त अस्पतालमा खाना पनि प्राकृतिक रुपमा प्रदान गर्ने गरिएको छ । यस्तै जंक फुड पुर्णरुपमा निषेध गरिएको अस्पतालमा अन्तरङ्गमा १५ वटा र बहिरङ्गमा ३५ वटा गरी कुल ५० वटा वेड क्षमता रहेको छ । बैशाख महिनाभर अस्पतात शुभरम्भ अवसरा राखिएकोमा सम्पूर्ण सेवाहरुमा २५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको अस्पतालका कार्यकारी निर्देशक नारायण भुषालले जानकारी दिए । निकट भविश्यमा नै सिटीईभिटी र नेपाल सस्कृती विश्व विद्यालयबाट सम्बन्धन लिएर नेपालमै पहिलो पकट विएनवाईएसको समेत पढाई सञ्चालन हुने गरी मेडिकल कलेज समेत स्थापना गर्ने योजना रहेको भुषालले जानकारी दिए ।
।