सूचनाको शक्ति - The Power Of Information

        

सृष्टिले विष्णु पौडेललाई अभिभावकको सृष्टिले पाइन

बुटवल । तिलोत्तमा वडा नं.–१ को सुकुम्बासी वस्तीकी सृष्टि विश्वकर्माले रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य तथा पुर्व अर्थमन्त्री विष्णु पौडेललाई अभिभावकको रुपमा पाएकी छिन् ।
नेपाल सरकारले सञ्चालन गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग गर्दै रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले तिलोत्तमा नगरपालिकाको जनजागृति माविको कक्षा १ मा सृष्टि विश्वकर्मालाई भर्ना गरे । माननीय सांसद पौडेलले सृष्टिको सम्पूर्ण पढाई र उनको भविश्यको जिम्मा आफुले लिने जानकारी गराको कुरा नेकपा एमाले क्षेत्रीय कमिटीका संयोजक तेजेन्द्र के.सीले बताए ।
मंगलबार विष्णु पौडेलको प्रतिनिधिको रुपमा नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य तथा क्षेत्र नं.–२ का संयोजक तेजेन्द्र के.सी.ले विद्यालयका प्राचार्य टंकप्रसाद पौडेलसँग भेटभाट गरी बच्चाको सम्पूर्ण पढाई खर्चको जिम्मेवारी माननीय सांसद विष्णु पौडेलले लिने बताए । उनले प्राचार्यसँग विशेष कारणले माननीय ज्यू आउन नसक्नुभएको हुँदा उक्त भर्ना गर्न आफुहरु आएको बताए ।
क्षेत्रीय संयोजक के.सी.ले भर्ना अभियानलाई सफल बनाउन कोही पनि बालबालिका पढ्नबाट बञ्चित हुन नपरोस भनेर सरकारले सञ्चालन गरेको यो अभियानलाई यहाँका सबै संघसंस्थाहरुले पनि सहयोग गर्न अपिल समेत गरेको थियो ।
तिलोत्तमा नगरपालिका वडा नं. –३, सुकुम्बासीमा बसी मिस्त्री काम गर्दै आएका बुवा माधव विश्वकर्मा र आमा लिला विश्वकर्माकी ५ वर्षकी छोरी सृष्टि विश्वकर्मालाई विद्यालयमा भर्ना गराउनका लागि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा तिलोत्तमा नगर इन्चार्ज मोहन चापागाई, जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज बाबुराम पन्थी, जिल्ला कमिटी सदस्य एवं यातायात मजदुर तथा ब्यावसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, अनेरास्ववियु रुपन्देहीका निर्वतमान अध्यक्ष बालकृष्ण पाण्डे, टियु राष्ट्रिय कमिटी कोषाध्यक्ष हेमन्त घिमिरे लगायतको उपस्थितिमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ००:५४