सूचनाको शक्ति - The Power Of Information

        

प्रकाश सपुत र सृष्टी खड्काको ‘केशरी’ सार्वजनिक (भिडियोसहित)

ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक विष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ ।

गीतमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ । ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपुत र सृष्टी खड्काको अभिनय रहेको छ ।

ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषिराज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सह–निर्देशन गरेका छन् । गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ ।

भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । यस गीतलाई मिक्सिङ–मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन भने प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियो हेर्नुस् :

 

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार ११:२५