सूचनाको शक्ति - The Power Of Information

        

नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीले सुरक्षात्मक लकिङि प्रणाली सुरु

बुटवल । नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीले सुरक्षात्मक लकिङि प्रणाली सुरु गरेको छ । पेट्रोलियम व्यवसायिले ३ वर्ष अघिदेखि माग गर्दै आएको लकिङि प्रणाली आयल निगमले मंगलबारदेखि सुरु गरेको छ । ढुवानीका क्रममा चोरीहुने गरेको भन्दै व्यवसायीले लकिङि प्रणाली लागु गर्न नेपाल आयल निगमस“ग माग गदै आएका थिए । पेट्रोलियम पदार्थ ढुवानीमा लकिङि प्रणाली लागु भएसंग व्यवसायीले मुल्य बराबरकोे पेट्रोलियम पदार्थ पाउने अपेक्षा गरेका छन् । पैसा अनुसारको पुरा तेल उपलब्ध गर।उन नेपाल आयल निगमले सुरक्षात्मक लकिङि प्रणाली सुरु गरेको हो । व्यवसायिले प्रति ट्याकंर १ सय देखि २ सय ५० लिटरसम्म पेट्रोलियम पदार्थ कमी आउने गरेको गुनासो गर्दै आएका थिए । कम तेल पाउनुको कारण छानविन गर्न आयल निगमसंग माग गर्दै आएका थिए । व्यवसायिको मागलाई मध्यनजर गर्दै नेपाल आयल निगमले छानविन समिति गठन गरि सत्यतथ्य सार्वजनिक गर्न आह्वान गरको थियो ।

मंगलबारदेखि सुरु भएको उक्त सुरक्षात्मक लकिङ प्रणालीको नेपाल आयल निगमका कार्यकारी निर्देशक शुसील भट्टराईले शुभारभ्म गरको हो । सोही कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टराईले यसअघि लगाउदै आएको शील प्रणालिलाई हटाई आधुनिक प्रविधिको प्रयोग गरिएको बताए । लकिङ प्रणाली पहिलो चरणमा भारतको आईओसी देखि नेपालको एनओसीसम्म लागु गरिने र क्रमश नेपालको एनओसीबाट व्यवसायिको पेट्रोलपम्पसम्म लागु गरिने बताए ।

नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोहितले पेट्रोलिम पदार्थ ढुवानी गर्ने ट्याकंर र ट्रकमा लकिङ प्रणाली लागु गरिएको बताए । पूर्ववाट शुरु गरिएको यो प्रणाली क्रमश नेपालभर लागु गरिने बताए ।

लकिङ प्रणालि लागुसंगै अब व्यवसायिले गुणस्तर र पुरा परिणाममा पेट्रोलिम पदार्थ पाउने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सुरक्षात्मक लकिङि प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताए ।

कार्यक्रममा भारतको वैतालपुर डिपोका प्रमुख अखिलेश्वर मण्डर, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, नेपाल आयल निगम भलवाडी डिपोका प्रमुख अशोक शाह, पश्चिमाञ्चल ट्याकंरकर व्यवसायि संघका अध्यक्ष राकेशकुमार कसौधन, पश्चिमाञ्चल पेट्रोलियम डिलर्श एशोसियसनका अध्यक्ष प्रेम न्यौपाने कर्मचारी युनियनका अध्यक्ष देवी न्यौपाने लगायतले बोल्दै अव व्यवसायिले राहात पाउने बताएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ००:३६