पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक कोर्स करेक्सन अपरिहार्य भएको जिकीर गर्नुभएको छ ।
बडादशैंको अवसरमा शुभकामना दिदैं पूर्व राजाले विगत डेढ दशकमा मुलुकमा जे जस्तो राजनीतिक अभ्यास भयो त्यसले मुलुकमा राजनीतिक कोर्स करेक्सन अपरिहार्य बनाएको बताउनु भएको हो ।
पूर्व राजाले देशका निर्वाचित संस्थाहरु देश र जनताप्रति कति उत्तरदायी छन भन्ने प्रश्न उठेको भन्दै कार्यपालिका, ब्यवस्थापिक र न्यायपालिकाबीचको विवाद र विकृतिले देशको अवस्था झल्काउने उल्लेख गर्नुभएको छ । मुलुकमा बढ्दो धर्म परिवर्तनतर्फ संकेत गर्दै उहाँले आफ्नो सनातनी धर्म पालना गर्न पनि ब्यवधान भईरहेको गुनासो सुनिएको बताउनु भएको छ ।
नागरिकता विधेयकप्रति पनि घुमाउरो पाराले असन्तुष्टि ब्यक्त गर्नुभएको छ । रोजगारीको अभावले हो वा देशमा बस्ने अवस्था नभएर हो देशका होनाहार युवाहरु दैनिक हजारौंको संख्यामा विदेश पुग्ने तर विदेशीहरुलाई चाहीँ भित्र्याउने प्रपञ्च रचिएको पनि उहाँको बुझाई रहेको छ ।
पुर्खाले आर्जेको देशको स्वाधित राष्ट्र असफल हुने त होइन भन्ने चिन्ता बढराएको पनि बताउनु भएको छ । स्वतन्त्र र सार्वभौम राष्ट्रलाई यसको आफ्नै अस्तित्वमा जोगाएर राख्ने र आफ्नै बुतामा समृद्ध बनाउनु पर्ने उहाँको धारणाा छ ।
सत्यपाटी । काठमाडौँ ।