सूचनाको शक्ति - The Power Of Information

        

१२ वाणिज्य बैंकले बढाए ५५ प्रतिशत प्रतिशत खुद ब्याज आम्दानी

काठमाडौं । बैंकहरुले उच्च दरमा ब्याज बढाएपछि त्यसको प्रत्यक्ष लाभ तेश्रो त्रैमासिकको वित्तिय विवरणबाट प्राप्त गरेका छन् । हालसम्म चैत मसान्तको वित्तिय विवरण सार्वजनिक गरेका १२ वटा बाणिज्य बैंकहरुले तीन महिनाकै अवधीमा १० अर्ब १४ करोड रुपैंयाँ खुद ब्याज आम्दानी बढाएका छन् ।
पुस मसान्त अवधीमा जम्मा १८ अर्ब २१ करोड ब्याज आम्दानी गरेका १२ वटा बाणिज्य बैंकहरुले चैत मसान्तको अवधीमा २८ अर्ब ३५ करोड खुद ब्याजदर आम्दानी गरेका हुन् । बैंकहरुले निक्षेपको ब्याजदर बढाएर १४ प्रतिशतसम्म पुर्याएका थिए । निक्षेपको ब्याजदर उच्च दरमा वृद्धिगरेसँगै बैंकहरुले कर्जाको ब्याजदर समेत उच्च दरमै बढाएका थिए । जसको प्रत्यक्ष लाभ खुद ब्याज आम्दानीबाट प्राप्त गरेका छन् । बैंकहरुले ३ महिनाकै बिचमा ५५.६८ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको देखिन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०९:३५