१ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि राजनीतिक दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
प्रमुख सत्तारूढ दलका रूपमा रहेको नेपाली कांग्रेसभित्र एकातर्फ समाानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न कांग्रेसलाई सकस भइरहेको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको र सिट बाँडफाँट सकिएलगत्तै कांग्रेसका भागमा परेका निर्वाचन क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने जानकारी दिए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।