सूचनाको शक्ति - The Power Of Information

        

विकासे मन्त्रालय र मातहतका निकाय ‘घुसका अखडा’

निर्वाचन आचारसंहिता लागू हुनुअगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र मातहतका निकायमा सेटिङमा ठूलो संख्यामा कर्मचारी सरूवा गरियो ।

अहिले पनि ती निकायमा ‘ब्याकडेटमा’ कर्मचारी सरूवा र सरूवा मिलाउने कामसमेत भइरहेको छ । निर्वाचन आयोगले बुधबारदेखि नै निर्वाचन आचारसंहिता जारी गरिसकेको छ ।

यस्तो अवस्थामा ‘कुनै पनि निकायले निर्वाचन आयोगको सहमतिबेगर कर्मचारी सरूवा गर्न’ पाउँदैन । तर, मन्त्रालयहरूले ‘ब्याकडेट’ मा सरूवा कार्य जारी राखेका छन् ।

महानिर्देशक तथा कार्यालय प्रमुख तहको सरूवा मन्त्रीले गर्ने कानुनी प्रावधान छ । त्यो भन्दा तललो तहको सरूवा सचिव र सहसचिवले नै गर्न सक्ने प्रावधान छ । तर, हरेक मन्त्रालयमा भएका कार्यालय सहयोगी, खरिदार, सुब्बा तथा अधिकृत सरूवामा समेत मन्त्री नै ‘हाबी’ पाइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०७:४९